सेना समायोजनमा नभएसम्म हतियार वुझाउदैनौ : सिपी गजुरेल

Read Time:2 Minute, 21 Second

काठमाडौँ, २० पुस

एकीकृत नेकपा (माओवादी)का सचिव सिपी गजुरेलले राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)लाई बिदाइ गरेपछि सेना समायोजन नभएसम्मका लागि हतियार माओवादीसँगै रहने बताएकाछन ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज  आयोजित साक्षात्कारमा सचिव गजुरेलले प्रक्रियागत रूपमा सेना समायोजन गरिसकेपछि मात्र एमाओवादीले हतियार बुझाउने स्पष्ट पारे ।

एमाओवादीको मुख्य मुद्दा शान्ति र संविधान हुँदाहुँदै केही दलहरूले संविधानसभाबाट संविधान बन्न नदिने षड्यन्त्र गरिरहेको भन्दै यदि त्यसो गरिए विद्रोहमा जान आफूहरू बाध्य हुने उनले बताए ।

एक प्रश्नमा एमाओवादी सचिव गजुरेलले प्रधानमन्त्रीका लागि पार्टीले जुनसुकै व्यक्तिलाई पनि खुला राखेको जानकारी दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विगतका सहमतिअनुरूप एमाओवादीले शिविरमा रहेका लडाकूको समायोजन र वाइसिएलले अर्धसैन्य संरचना भङ्ग र हतियारको राजनीति अन्त्य नगरेसम्म प्रधानमन्त्रीबाट आफ्नो पार्टीका उम्मेदवारी फिर्ता नहुने बताए ।

नेकपा (एमाले) का प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले अनमिन फिर्ता गएपछि एमाओवादीले हतियार विशेष समितिलाई बुझाउनुपर्ने भन्दै अनमिन फर्कंदैमा नेपालको शान्तिप्रक्रिया धरापमा पर्छ भन्नु गलत हो भने ।

उनले एमाओवादी शान्ति र संविधानबाट भागेर विद्रोहमा जान नहुने भन्दै कब्जा गरेका घरजग्गा फिर्ता र हतियारको राजनीतिक त्यागेपछि मात्र एमाओवादीको नेतृत्व स्वीकार गर्न सकिनेछ उनले भने ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %