शेर्पा संघ जापानको चौथो अधिबेसन सम्पन

Read Time:1 Minute, 35 Second

२ जनवरीमा आइचिकेनमा शेर्पा संघ जापानले नया बर्ष २०११ को सुभकामना आदान प्रदान सहित चौथो अधिबेसन सम्पन्न भएकोछ । कार्यक्रम अध्यक्ष पसांग शेर्पाको सभापतित्व मा सम्पन्न गरेको छ ।  कार्यक्रममा नेपाली आदिवासी जनजाति महासंघ टोकाई जापान का उपाध्यक्ष साम्देन शेर्पा प्रमुख अतिथि थिए भने सञ्चालन सचिव पेम्बा शेर्पाले गरेकाथिए ।  सचिव पेम्बा शेर्पाले बार्षिक प्रगति प्रतिबेदन पेस गरेकाथिए भने कोषाध्यक्ष सोनम शेर्पाले आर्थिक प्रतिबेदन पेस गरेकाथिए ।

प्रमुख अतिथि साम्देन शेर्पाले देशमा राष्ट्रको  हरेक निकायमा शेर्पा समुदायाले पनी जातीय जनसंख्याको आधारमा सामान हक़ अधिकार पाउनु पर्छ भन्ने बारेमा प्रस्ट पारेकाथिए ।
अधिबेसनले नयाँ कर्यसमितिमा अध्यक्षमा पासांग शेर्पा, उपाध्यक्ष श्रीमती जन्ग्मु शेर्पा, महाचिवमा पेम्बा शेर्पा, सचिव सोनम शेर्पा, कोषाध्यक्ष लाक्पा शेर्पासहित १५ सदसीय कर्यसमतिको सर्बसम्मतीबाट चयन भएको छ ।

श्याम राना मगर
आईची जापानमा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %