१७ पौषमा सम्पन्न साधारणसाभले तामाङ सञ्चार समूहमा रेडियो पत्रकार जगतमान लामाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्चु ब्लोन, महासचिवमा दीपेन्द्र दोङ, सचिवमा विष्णु मोक्तान, कोषाध्यक्षमा मुकेश लामा र सदस्यहरुमा रामकुमार जिम्बा, शान्ति दोङ, मोहन दोङ, लक्ष्मी रुम्बालाई चयन गरिएको छ ।
२०५९ सालमा रविन्द्र तामाङको अध्यक्षतामा गठन भएको समूह २०६१ सालमा विधिवत दर्ता भएको थियो । २०५६ सालपछि एफएम रेडियोमा तामाङ भाषाको कार्यक्रमको प्रसारण प्रारभ्म भएपछि तामाङ समुदाय संचार क्षेत्रमा उल्लेख्य सहभागिता देखिन्छ । हाल उपत्यका लगायत नेपालभरिमा झन्नै दुइदर्जन रेडियोमा तामाङ भाषाको कार्यक्रम र समाचार प्रसारणमा छन् । त्यस्तै आधादर्जन जति अखबार र एकवटा टेलिभिजन कार्यकमसँगै दैनिक समाचार समेत प्रसारणमा रहेका छन् ।
रेडियो, छापा र श्रव्यदृश्य माध्यममा गरी २ सयको संख्यामा तामाङ सञ्चारकर्मीहरु रहेको अध्यक्ष लामा बताउछन् । केहि समयअघि काभ्रे जिल्लामा समेत शाखा विस्तार भएको समूहको अब चाँडै मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक लगायत ताम्सालिङ क्षेत्रमा शाखा विस्तार गरिने उनले बताए ।
तामाङ पत्रकारको टाउकेमा जगतमान चुनिए
Read Time:1 Minute, 51 Second