राष्ट्रसङ्घीय संयन्त्र गठन गरेरमात्र अनमिनलाई बिदाइ गर्नुपर्दछ : महरा

Read Time:1 Minute, 22 Second

दाङ  १९ पुस

एकीकृत नेकपा (माओवादी)का स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रियालाई हेर्ने राष्ट्रसङ्घीय संयन्त्रको गठन गरेरमात्र अनमिनलाई बिदाइ गर्नुपर्ने बताएकाछन् ।

क्रान्तिकारी पत्रकार सङ्घ दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अनमिन जाँदा शान्ति प्रक्रियालाई टुङ्गो लगाउन अप्ठ्यारो पर्ने बताउँदै ‘अनमिन गएपछि उत्पन्न हुने सङ्कट टार्न एउटा संयन्त्र गठन गर्न आवश्यक छ  भने ।

प्रधानमन्त्री विहीनताको अवस्थाले देश सङ्कटतर्फ गइरहेको बताउँदै नेता महराले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन हुने स्थिति नभए प्रतिपक्षमै बसेर भए पनि नयाँ सरकार गठनका लागि सहयोग गर्ने धारणा राखे  ।

संविधानसभाका बाँकी काम संवैधानिक समितिले गरोस् भन्ने मनसायले आफ्नो पार्टीले संयन्त्रको म्याद थप नगर्ने निर्णण गरेको नेता महराको भनाइ रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %