हंगकंगमा रहेका नेपालका कलाकारहरुले विभिन्न देशका कलाकारहरुसंग मिलि मनाइएको नयाँ बर्ष भब्यताका साथ सम्पन्न भएकोछ ।
नेपाल क्लबको आयोजनामा जनवरी १ का दिन याउ मा तेई हलमा न्यू इअर धमाका-२०११ ले साँसच्चकै धमाका गर्यो । तबला बादक हरि श्रेष्ठ, गायक चेतमान गुरुङ साथै कोरिओग्राफ़र सुप्रिया राणाको सक्रियतामा नेपाली,इन्डियन,पाकिस्तानी,फिलिपिनोका साथै हंगकंगका चाइनिज कलाकारहरु द्वारा विविध संस्कृति झल्किने बहु-साँस्कृतिक कार्यक्रम निक्कै उत्कृष्ट थियो ।
यस कार्यक्रममा कलाकारहरु चेतमान गुरुङ,नागेन्द्र श्रेष्ठ,दिनेश सुब्बा,गणेश पराजुली,मोहन बिक,सुधा दिक्षित् चौधरी , संतोषगुरुङ, टोपराज लामा,रोसालिम्बु,मनिष राव,शारदा गुरुङ,गणेश न्यौपाने,माणिकलाल शाह ले नेपाली तथा हिन्दी गीतहरु गाएर मनोरन्जन दिएकाथिए ।
भिडियो हरि श्रेष्ठबाट
नेपाली नृत्यका साथै हिन्दी,हिपअप,फिलिपिनो अनि चाइनिज बेली डान्सको प्रस्तुति उत्कृष्ट थियो । चाइनिज कलाकार हरुको गितार र ड्रमको धुन संग हरि श्रेष्ठले तबला बजाएर फयूजन दिएका थिए ।
साँझ ७ बजे सुरु गरिएको कार्यक्रम १० बजे सम्म धारा प्रवाह रुपमा चलेको थियो । कार्यक्रम देवराज राई र शारदा गुरुङले संचालन गरेका थिए१ ६५-७० जना कलाकारको सामूहिक यो प्रस्तुति साँच्चिकै धमाकेदार थियो ।
हुम थापा