माओवादी बहिष्कारको कारण गाउँ परिषद् स्थगित

Read Time:1 Minute, 22 Second

पाल्पा, १८ पुस

पाल्पाको खस्यौली गाउँ परिषद् बैठक एकीकृत नेकपा (माओवादी)ले बहिष्कार गरेको कारण स्थगित भएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेले निर्देशिका विपरीत बजेट विनियोजन गरेको भन्दै माओवादीले परिषद् बहिष्कार गरेपछि खस्यौली गाविसको गाउँ परिषद् बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

गाविसको रु. १९ लाख ५० हजारको बजेट मनपरी ढङ्गले विनियोजन गरेको विषयमा यसअघि बसेको योजना तर्जुमा गोष्ठीमा नै आफूहरुले असहमति जनाइसकेको एकीकृत माओवादी पाल्पाको ९ नं. इलाका सह–इन्चार्ज यमप्रसाद ज्ञवालीले बताए ।

गाउँबस्तीबाटै योजनाहरु आउनुपर्ने भनिए पनि आफ्ना कुराहरु सुनुवाइ नभएकाले परिषद् बैठक बहिष्कार गरेको ज्ञवालीले बताए ।

परिषद् बैठक स्थानीय राजनीतिक दलको सहमतिमा छिट्टै नै बसाल्न प्रयास गरिने खस्यौली गाउँ विकास समितिका सचिव दुर्गाप्रसाद ढकालले जानकारी दिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %