काठमाडौँ, १८ पुस
प्रधानमन्त्री माधवकुमार नेपालसँग तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज बिहान भेटेर उद्योगमन्त्री महेन्द्रप्रसाद यादव र उद्योग राज्यमन्त्री दानबहादुर चौधरीलाई तत्काल पदमुक्त गर्न सिफारिस गरेकाछन ।
यादव र चौधरीसहित तमलोपाका नौ सभासद्ले सो पार्टीबाट अलग भएको घोषणा गर्दै नयाँ राजनीतिक दल ‘तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल’ नामको दल खोलेको घोषणा गरेका थिए ।
सो पार्टीका अध्यक्ष ठाकुरले तमलोपाबाट प्रतिनिधित्व गरिआउनु भएका यादव र चौधरीले दल परित्याग गरिसकेको अवस्थामा सोही पार्टीबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन वाञ्छनीय नभएको कारण दर्शाइ एक पत्र प्रधानमन्त्रीसमक्ष वुझाएको सो पार्टीका सचेतक वृजेश कुमार गुप्ताले जानकारी दिए ।