सहमति भए पाँच महिनाभित्र संविधान बनाउन सकिन्छ ः सञ्चारमन्त्री शङ्कर पोखरेल

Read Time:1 Minute, 27 Second

काठमाडौँ, १५ पुस
सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले राजनीतिक दलबीच सहमति भएमा अबको पाँच महिनाभित्रमै संविधान बनाउन सकिने बताएकाछन् ।

दलित निगरानी एक वर्ष पुरा भएको अवसरमा दलित अध्ययन तथा विकास केन्द्रद्वारा आज आयोजित ‘दलितपक्षीय संविधान निर्माणमा यसले खेलेको भूमिका’ विषयक अन्तरक्रियामा उनले संविधानसभाबाटै संविधान लेख्नुको विकल्प नभएको धारणा राखे ।

संविधानमा दलितको अधिकार सुनिश्चित गर्नका लागि दलित मुद्दामा बहस गरिनुपर्ने र दलित र सभासद्, दलित समुदाय एकीकृत हुनुपर्नेमा मन्त्री पोखरेलको जोड थियो ।

सोही कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष कुन्दन अर्यालले दलित निगरानीले एक वर्ष पुरा गरेकामा शुभकामना व्यक्त गर्दै दलित निगरानीमा आफ्नै बोली र आफ्नै स्वर भएको बताए ।

सभासद् धर्म विश्वकर्माले दलित विभेद अन्त्य गर्नका लागि राज्यले दलित समुदायलाई विशेष अधिकारको व्यवस्था गर्नुपर्ने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %