काठमाडौँ १५ पुस
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो पुस २५ गते सुरु हुने अधिवेशनले मुलुकलाई नयाँ सरकार दिने बताएकाछन् । ल्होछार पर्वको अवसरमा तमू ल्होछार मूल आयोजक समितिले आज आयोजना गरेको समारोहलाई उद्घाटन गर्दै उनले दलहरूबीच चलिरहेका संवादले सार्थक परिणाम ल्याउने आशा व्यक्त गरे ।
राजनीतिक दलहरू एकजुट नहँुदासम्म मुलुकका अगाडि रहेका चुनौती र अप्ठ्याराहरू सम्बोधन हुन नसक्ने र जनचाहना अनुरूपको संविधान पनि प्राप्त नहुने उनको भनाई थियो । उनले हिमाल, पहाड, तराईका सम्पूर्ण जनताको एकताबाट मात्रै मुलुकलाई सबै जाति, भाषा र धर्मको साझा फूलवारी बनाउन सकिने धारणा व्यक्त गरे ।
आयोजक समितिका संयोजक देवी गुरुङले ल्होछार पर्व गुरुङहरूको प्राचीन चाड भएपनि यसको वैज्ञानिक महत्वले गर्दा यो सम्पूर्ण जाति र समुदायको सँस्कृतिका रूपमा विकास हुँदै गएको बताइन । सो अवसरमा विभिन्न जातीय सङ्सस्थाका प्रतिनिधिहरूले पनि आ–आफ्नो धारणा राखेकाथिए ।