काठमाडाँै, १५ पुस ।
“सम्पूर्ण तमूहरूको साझा धारणा, तमुवान राज्यसहितको शान्ति र समावेशी संविधान हाम्रो चाहना” भन्ने मूल नाराका साथ गुरुङ (तमू समुदायले आफ्नो महान पर्व तमू ल्होछार आज विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।
गुरुङ (तमू) समुदायले आफ्नो महान् सांस्कृतिक पर्व वाघ वर्गलाई विदाई गर्दै ल्होछार हि ल्हो (बिरालो वर्ग) को स्वागत गर्दै यो पर्व मनाउँदै आएका छन् ।
सबै तमू समुदायले समयमा संविधान निर्माण गरी जातीय, भाषा, भूगोलको आधारमा आत्मनिर्णयको अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा जोड दिनुपर्ने बताएका छन् ।
मुलुकका गुरुङ समुदायले पुस १३ गतेदेखि चार दिनसम्म भव्यरूपमा यो वर्ष मनाउने तयसमेत गरेका छन् ।
राजधानीमा बसोबास गरिरहेका गुरुङ समुदायले आज राजधानीकै टुँडिखेलमा नाचगान, खानपिन गर्दै यो वर्ष मनाइरहेको ल्होछार मूल आयोजक समिति–२०६७ का महासचिव नरेन्द्रकुमार गुरुङले बताए ।
सो पर्वका अवसरमा मुलुकका विभिन्न स्थानमा बृहत् मोटरसाइकल ¥याली, गोष्ठी, लोकदोहोरी, शान्ति पूजा, खेलकुद, खानपिनलगायतका कार्यक्रम गरिएको जानकारी उनले दिए ।