१४ पुष
नेपाल मगर महिला संघ केन्द्रीय समितिले आफ्नो सुदुर पश्चिमांचल क्षेत्रिय भेला सम्पन्न गर्यो । भेला कैलाली जिल्लाको धनगढी नगरपालिकाको उद्योग वाणिज्य संघको सभा कक्षमा सम्पन्न भयो । उक्त २ दिने कार्यक्रमको उद्घाटन समारोहमा नेपाल मगरसंघ केन्द्रीय समितिका अध्यक्ष झक बहादुर थापा मगरको प्रमुख आतिथ्यता थियो ।
सुदर पश्चिमाचलको डडेलधुरा, कैलाली, कन्चनपरका सहभागिहरु रहेका थिए । भेलाको दोश्रो दिनमा ‘मगर महिला र राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन प्रतिवद्धता’ विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा अधिवक्ता तथा नेपाल मगर महिलासंघकी कानुनी सल्लाहकार ईन्दिरा श्रीसमगर र संघका अध्यक्ष गंगा खासुमगरले प्रशिक्षण दिएकाथिए । कार्यक्रममा आदिवासी जनजाति अधिकार सम्वन्धि संयुक्त राष्ट्रिय संघिय घोषणापत्र, महिला विरुद्ध हुने विभेद विरुद्धको महासन्धि (सिड ) ,नेपालको अन्तरिम संविधान २०६३ र महिला हिंसा सम्वन्धि पक्षहरुका विविध पाटोमा प्रशिक्षण दिइएको थियो ।
यसै गरि त्यस्तै प्रशिक्षण लुम्बिनी अंचलमा पनि सम्पन्न भयो । सो प्रशिक्षण कार्यक्रममा रुपन्देही, पाल्पा, स्याड.जा, गुल्मी, कपिलबस्तु, नवलपरासीका जिल्लाका सहभागीहरुले भाग लिएकाथिए । प्रशिक्षणमा राष्ट्रिय र अन्तराष्ट्रिय कानुन, मगर महिलाको कानुनी उपचार र ब संविधानमा मगर महिलाले छुट्टाउन नहुने कुराबारे प्रशिक्षण दिइएकोथियो ।
मगर महिलाले गगा खासुको नया नेतृत्वमा देशब्यापी रुपमा संगठन बिस्तार र प्रशिक्षण दिदै हिंडिरहेकोछ । उसले आउने जनगणनालाई केन्द्रमा राखेर समेत थुप्रा कार्यक्रम गरिसकेकोछ ।