बेलायतको शिक्षास्तर खस्कियो

Read Time:3 Minute, 38 Second

28 डिसेम्बर
अर्गनाइजेसन फर इकोनोमिक को-अपरेसन एन्ड डेवलपमेन्टको (OECD) सर्वेक्षण अनुसार युकेको माध्यमिक तहका बिद्यार्थीको पढाई स्तर विश्वका अन्य सहकर्मी भन्दा नाजुक देखिएकोछ ।
संसारभरको ६५ वटा शिक्षा प्रणालीहरुको अन्तर्गत रहेका बिद्यालयका बिद्यार्थीहरु माथि गणित ,बिज्ञान र पढ्ने क्षमताको (रिडिङ) २ घन्टाको जाँच गरिएकोमा साउथ कोरिया र फिन्ल्यान्डले पछिल्लो बर्ष झै उत्कृष्ट नतिजा ल्याउन सफल भए । युके भित्र गरिएको सर्बेक्षणमा वेल्स ,इङ्ल्यान्ड ,स्कटल्यान्ड र नर्दन आयरल्याण्ड भन्दा पछाडि परेको छ । त्यस्तै प्रोग्राम फर इन्टरन्यासनल स्टुडेन्टस एस्स्मेन्ट (PISA) ले १५ बर्षका बिद्यार्थीमा गरिएको सर्बेक्षणमा पनि बेलायत पछाडि धकेलिएको देखिन्छ । सन २००० मा ३२ देशहरुले सहभागी रहेकोमा बेलायत ७औ स्थानमा थियो भने २००९ मा ६५ देश र प्रान्तहरु सम्मिलित सर्बेक्षणमा  २५ औ स्थानमा झरेको देखिएकोछ ।  

उता सिङ्गापुर ,क्यानडा ,नर्वे आदि देशहरु बेलायत भन्दा माथि उक्लिन सफल रहे । उक्त अध्ययनले देश भित्रै पनि सर्बेक्षण गरेको थियो, जस्मा चाइनाको साङ्घाई र हङ्कङ अत्यन्त उत्कृष्ट ठहरिएकोछ । यदि सङ्घाई  राष्ट्र भएको भए उक्त अध्ययनमा उक्त शहर उत्कृष्ट ठहरिने थियो । शङ्घाईका  एक चौथाई बिद्यार्थीले अत्यन्त कठिन गणित सुल्झाउन सके भने बिश्वका अन्य ३ ५ बिद्यार्थीले  मात्र त्यसरी सुल्झाउन सकेकाथिए । उक्त अध्ययनमा छात्रहरुको तुलनामा छात्राहरु अगाडी देखिए । बेलायत २०००- २००९ सम्ममा गणितमा ८ औ स्थानबाट २८औ स्थानमा झरेको छ भने बिज्ञानमा ४औ स्थानबाट १६औ स्थानमा र रिडिङ्मा ७ औ स्थानबाट २५औ स्थानमा झरेको छ । शिक्षा सचिव माइकल ग्रोवेले बिद्यँल्यको शिक्षा प्रण्ँल्ीमा तुरुन्त परिवर्तन गर्नुपर्ने जनाएकाछन् । सन २००९  सर्वेक्षणमा आधा मिलियन बिद्यार्थी सहभागी रहे । पिसा (PISA) सर्बेक्षण हरेक तीन बर्षमा गरिन्छ, जस्को उद्देस्य हरेक बिद्यालयको शिक्षा प्रणालीका बिद्यार्थीहरुको बिज्ञान ,गणित ,पढाई क्षमताको मुल्याङ्कन गरिनुका साथै संसार भरिका शिक्षा प्रणालीको स्तरको तुलानात्मक अध्ययन गरिन्छ ।

२००९मा उत्कृष्ट दस मा पर्न सफल निम्न प्रकार का छन्

१-शङ्घाई (चीन )

२-साउथ कोरिया

३-फिन्ल्यान्ड

४-हङ्कङ (चीन )

५- सिङ्गापुर

६-क्यानडा

७- न्युजल्यान्ड

८- जापान

९-अस्टेलिया

१०- नेदरल्यान्स

 

 चजिन्द्र राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %