कम्युनिष्टहरु एक हुनु पर्दछ ः प्रचण्ड

Read Time:1 Minute, 16 Second

काठमाडौँ, १३ पुस ।

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी शक्तिहरू एकीकृत र ध्रुवीकृत हुनुपर्ने बताएकाछन् ।

    पार्टीका केन्द्रीय सल्लाहकार हस्तबहादुर केसीद्वारा लिखित (माक्सवादी दर्शनको रूपरेखा) नामक पुस्तकको आज यहाँ विमोचन गर्दै उनले भने– झन्डै दुई तिहाइको सङ्ख्यामा रहेका हामी कम्युनिस्टहरू मिल्न जरुरी छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सो कार्यक्रममा अध्यक्ष दाहालले दस वर्ष जनयुद्ध लडेको पार्टी माओवादीले नै वाम धु्रवीकरणको नेतृत्व गर्न पाउनु संसारका लागि अनौठो घटना भएको बताए ।

    उनले नेपालका वामपन्थी शक्तिहरूलाई फुटाउन देशविदेशका प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी शक्तिहरू लागे पनि त्यो सपना पूरा हुन नदिने प्रतिबद्धता जनाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %