विराटनगर, १२ पुस
नेकपा एमालेका नेता केपी शर्मा ओलीले मुलुकमा अहिले देखिएको सरकार विहीनताको अवस्थालाई हटाउन राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताएका भ छन ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको सक्षिप्त कुराकानीको क्रममा आज उनले यस्तो कुरा बताएका हुन् ।
उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व एमालेले लिनुपर्ने बताउँदै दलहरूबीच समझदारी भएमा अन्य पार्टीको नेतृत्वमा बन्ने सरकार पनि स्वीकार्य हुने बताए ।
एमाले नेता ओलीले एकीकृत नेकपा (माओवादी)बाट लोकतन्त्र र गणतन्त्रप्रतिको प्रतिबद्धता नआएसम्म उसको नेतृत्व स्वीकार गर्न नसकिने भन्दै आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने भएमा मात्र प्रधानमन्त्रीको नाम किटान गर्न सकिने बताए ।