झापा (गौरिगन्ज), ११ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आगामी जेठ १४ गते नयाँ संविधान जारी नहुने ठोकुवा गरेकाछन् ।
आज झापाको दमकमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै सभासद्समेत रहेका थापाले एकीकृत नेकपा (माओवादी)को हैकमवादका कारण संविधान जारी हुने सम्भावना टर्दै गएको वताए ।
माओवादीले ल्याएको सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी राजनीतिका विषयलाई काँग्रेसले स्वीकारे पनि माओवादीले काँग्रेसको प्रस्तावमा सहमति नजनाउँदा संविधान निर्माण प्रक्रियमा ढिलाइ भएको उनको भनाइ थियो ।
बहुलवाद, सम्पत्तिको हक, न्यायपालिका, राज्यको शासकीय स्वरुपलगायतका विषयमा माओवादीसँग आफ्नो पार्टीको सैद्धान्तिक असहमति रहेको नेता थापाले स्पष्ट पारे ।