काठमाडौँ, ९ पुस
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले वन ऐन २०४९ को संशोधन प्रक्रिया तत्काल खारेज गर्नुपर्ने माग राख्दै आज विरोध ¥याली निकालेको छ
देशभरबाट आएका वन उपभोक्ता महासङ्घका सदस्यहरुले निकालेको सो ¥यालीले बानेश्वरको संसद् भवन अगाडि आएर धर्ना दिइरहेको छ ।
संशोधन हुन लागेको ऐनले नेपालमा भइरहेको सामुदायिक वनलगायत समुदायमा आधारित वन व्यवस्था प्रणालीको अन्त्य हुने भएकाले दबाबस्वरुप सो विरोध ¥याली निकालेको सामुदायिक वन उपभोक्ता महासङ्घकी अध्यक्ष अप्सरा चापागाईंले जानकारी दिइन ।
अध्यक्ष चापागार्इंले सामुदायिक वनमा हदबन्दी राखिने, वनमा निरङ्कुशता हुने, सैनिकीकरण र प्रशासनतन्त्र व्यवस्था लागु हुने, सामुदायिक प्राथमिकता समाप्त हुने, सामुदायिक वनको आर्थिक स्रोतमा सरकारी हस्तक्षेप हुने र सङ्घीयताविरुद्ध वन क्षेत्रको केन्द्रीकरण हुने भएकाले सो ऐन संशोधन खारेज गर्नुपर्ने माग नै मुख्य रहेको बताइन ।
उनले अहिले कामचलाउ सरकार भएको अवस्थामा वन ऐन संशोधन गर्न नमिल्ने बताउँदै यदि वन ऐन बलजफ्ती संशोधन गरेमा कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिइन ।
अध्यक्ष चापागार्इंले सो संशोधित ऐनमा वन व्यवस्थापनमा समुदायको कुनै पनि प्रकारको हस्तक्षेप नहुने भएकाले आन्दोलनमा उत्रन बाध्य भएको जानकारी दिइन ।
यसअघि यही असार ३२ गते मन्त्रिपरिषद्को निर्णयअनुसार वन ऐन २०४९ संशोधन प्रक्रिया अघि बढाइएको छ ।