शान्ति र संविधानको विकल्प छैन : शेरवहादुर देउवा

Read Time:1 Minute, 16 Second

विराटनगर, ९ पुस 

पूर्र्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमति र सहकार्यबाट मुलुकलाई निकास दिन राजनीतिक दलहरु लाग्नुपर्ने आवश्यकता औँल्याएका छन्  ।

    उनले आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अहिले मुलुकमा शान्ति र संविधान सबैभन्दा महत्वपूर्ण रहेकाले त्यसलाई पूरा गर्न सबै एकसाथ लाग्नु पर्ने विचार व्यक्त गरे ।

    शान्ति र संविधानको विकल्प छैन, जो यसको पक्षमा जाँदैन त्यो राजनीतिक दल सफल नहुने र सखाप हुने उनको तर्क थियो ।

    पूर्वप्रधानमन्त्री देउवाले विगतका राजनीतिक असहमति र तीतामीठा बिर्सेर मुलुकका राजनीतिक दलहरु एकसाथ लाग्न सके तोकिएको समयमा संविधान बन्ने दाबी गरे ।
नेपाली काँग्रेसभित्र विवादको विषयमा उनले केही बोल्न चाहेनन्  ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %