बाल यौनदुव्र्यवहार गर्ने एक भारतीय नागरिक पक्राउ

Read Time:1 Minute, 36 Second

कञ्चनपुर, ९ पुस 

बाल यौनदुव्र्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुरको झलारी बजारमा शृङ्गार पसल गरी बस्दै आएका भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।

    भारतको उत्तर प्रदेश गोँडा जिल्लाका ३५ वर्षीय झलारी बजारमा पसल सञ्चालन गरी बस्दै आएका सराफत खाँलाई रैकवार विचवा–३ कलुवापुरका १३ वर्षीय बालकलाई प्रलोभनमा पारी अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    पीडित बालकका अनुसार मङ्सिर २८ गते भारतीय नागरिक खाँले मासु खान दिने भन्दै आफू बसी आएको डेरामा लगी जबरजस्ती गुदा मैथुन गरेको बताएका छन् ।

    होटेल बालश्रमिकका रुपमा कार्यरत पीडित बालकले घरमा गएर आफूमाथि जबरजस्ती यौनदुव्र्यवहार गरेको बताएपछि इलाका प्रहरी कार्यालय झलारीमा उनका आफन्तले बिहीबार निवेदन दिएका थिए ।

    निवेदनका आधारमा प्रहरीले भारतीय नागरिक खाँलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

    सोधपुछका क्रममा खाँले यौनदुव्र्यवहार गरेको स्वीकार गरेको इप्रका झलारीका प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दले बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %