विश्वभरका किरातीहरुमाझ किरात चाडले उमगं ल्यायो

Read Time:1 Minute, 29 Second

राइले साकेला, लिम्बुले चासोक तड्.नाम, याक्खाले चासुवा र सुनुवारले फोलस्यादर भनि मनाइने चाड  यी समूदायले विश्वभर धुमधामका साथ मनाएकाछन् । यी सबै जातिले एकै साथ मनाउने यस चाडलाई किरात चाड भन्नुपर्ने हिंजो एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइलाले बताए ।

पहिचानको राजनीति बढिरहेको परिपेक्ष्यमा केहि बर्ष यता यो चाड अझ भब्यताका साथ मनाइने गरिन्छ । आ- आफ्ना जातीय पोशाक लगाएर राजधानीमा निस्किएका युवा-युवती बृद्ध, बालकहरुको लामले काठमाण्डौ नै झलमल्लल पारेकोथियो ।
यस दिनलाई सरकारले रािष्टय पर्वको रुपमा घोषणा गरि सार्वजनिक विदा दिने गरेकोछ । तर केहि बाहुन समूदायका बुद्धिजिवीहरु भने यो साकेला के हो र सरकारले किन बिदा दिएको होला भन्दै हिडिरहेका पनि भेटिन्थे । दशैमा १५ दिन सम्म सरकारी बिदा दिइदा गौरव गर्नेहरुले यस्ता जातीय चाडलाई राष्टिय पर्वको रुपमा घोषण गरिएकोमा त्यति सन्तुष्ट छैनन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %