रुबेलमाथि कारबाही हुँदैन : परराष्ट्रमन्त्री कोइराला

Read Time:1 Minute, 31 Second

काठमाडौँ, ८ पुस 

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले रुबेल चौधरी आफ्नो ज्वाइँमात्र नभएर छोराजस्तै भएकाले उसलाई कारबाही नहुने बताएकीछन्  ।

    चिनियाँ लामा बौद्ध फाउन्डेसनको आज यहाँ उद्घाटनपछि उनले सञ्चारकर्मीसँग वोल्दै उनले भनिन – ‘रुबेल मेरो ज्वाइँमात्र होइन, ऊ छोरोजस्तै भएकाले कारबाही प्रक्रिया अगाडि बढ्दैन ।’

    उसलाई कारबाहीका लागि के प्रमाण छ भन्दै उहाँले नेपालको राष्ट्रियताविरुद्ध उसले के काम ग¥यो र उसलाई कारबाही गर्ने ? दोषी भएको प्रमाण पेश गर्नुप¥यो भनी प्रतिप्रश्न गरिन  ।

    परराष्ट्रमन्त्री कोइरालाले भनिन – ‘रुबेल–पारस काण्डका बारेमा धेरै नउचाल्न तपाईंहरूसँग आग्रह गर्छु, यस विषयमा मैले धेरै बोलिसकेकाले अब पनि बोलेर बद्नामी हुन चाहँदैन ।’

    उनले मुलुकलाई राजनीतिक निकास दिनका लागि विशेष अधिवेशनलाई आधार बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मुलुकको विकासका लागि हरेक पार्टी जिम्मेवार हुनुपर्ने बताइन  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %