हिमपातका कारण बेलायती जनजिवन अस्तव्यस्त (सचित्र बयान)

Read Time:1 Minute, 51 Second

क्रिसमस र नया बर्षको आगमन सगैं शुरु भएको हिमपातका कारण बेलायतको जनजिवन प्रभावित हुन पुगेको छ । क्रिसमसको शुभअवसरमा यात्रामा निस्केकाहरु बिचल्लिमा परेका छन भने हजारौ बिद्यालय, कलेज बन्द रहे । गत हफ्ता देखी परेको हिमपातका कारण बेलायतको अति व्यस्त एअरपोर्ट हिथ्रो सुचारु रुपले चल्न सकेन भने दोश्रो ठुलो एअरपोर्ट ग्यत्विक पनि प्रभवित रहयो ।

फल्स्वरुप हजारौ  विदेशी यात्रु हरु अल्पत्र परे भने धेरै सडक दुर्घतटना घट्न पुग्यो । रेल सेवाहरु पनि नियमित रुपमा चल्न नसक्दा यात्रु हरु मारमा परे। मौसम बिज्ञहरुका अनुसार हिमपात अझै पर्ने  छ । कुनै भु-भागमा २०- ३० से.मी. हिउ जम्ने बताइएको छ । माइनस ६ भन्दा माथी तापक्रम उक्लिन नसकेको र कुनै ठाउहरुमा  १०-१२ से. मी. सम्म ठाँउमा हिउ जमेको  कारण सडक हरु अत्यन्त जोखिमपूर्ण रहेको छ ।


 दैनिक उपभोग्य बस्तु हरु पनि नियमित पुरयाउन नसकेको जनाइएको छ । सयौ घर परिवार ग्यास र बिजुली बिहिन हुन पुगे । बेलायतको स्कटल्यान्ड्मा सबै भन्दा कम ताप क्रम माइनस २२.३ डेग्री सेल्सियस रहेको छ । अहिले सम्म सबै भन्दा कम तापक्रम सन १९९५ मा स्कटल्यान्दकै अल्त्नहर भन्ने ठौउमा माइनस २७.२ डिग्री सेल्सियस पुगेको थियो । 

 

 

चजिन्द्र राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %