लमजुङ,५ पुस
लमजुङमा तत्कालीन शाही नेपाली सेनाले द्धन्द्धकालमा हत्या गरि गाडेका दुईजना माओवादी कार्यकर्ताको कंकाल ६ बर्षपछि अज्ञात समूहले उत्खनन् गरि बेपत्ता बनाएको छ ।
सिम्पानी गाउँ विकास समिति वडा नम्बर ५ पामचोकको पाखोमा गाढिएका २ जना माओवादी कार्यकर्ताको मानव कंकाल गएरातीदेखि रहस्मय तवरले हराएका हुन् । द्वन्द्धकालमा सेनाद्धारा मारिएका माओवादी कार्यकर्ता गाढिएको सो स्थानमा माटो थुप्रिएको देखेर हेर्न गएका स्थानीयवासिन्दाले शव गाडिएको ठाउँमा खाल्डो, केही लुगा र केही अस्थिपञ्जरमात्र देखेपछि मानव कंकाल हराएको थाहा भएको स्थानीय रामचन्द्र घिमिरेले जानकारी दिएकाछन् ।
२०६१ साल कार्तिक २८ गते तत्कालीन विद्रोही माओवादीका दुई कार्यकर्ताहरु दुराडाँडाकी रिना अधिकारी र रोल्पाकी रचनालाई सिम्पानीमा सुरक्षाकर्मीले हत्या गरी सोही स्थानमा गाडेका थिए । शव गाडेको ६ बर्षपछि सो स्थानमा उत्खनन गरी अस्थिपञ्जर नै बेपत्ता बनाएपछि स्थानीय वासिन्दा चकित परेकाछन् ।