१९ डिसेम्बर २०१० 
किरात याक्थुम चुम्लुङ हङ्कङको आफ्नो नयाँ वर्ष यले तङ वे ५०७० को उपलक्ष्यमा चासोक तङ्नाम मङ्की हिलमा भब्यताका साथ सम्पन्न भयो । झन्डै पाँच छ सय लिम्बुहरुको भेलालाई  सचिव नन्द च्ङ्सुले सन्चालन गरेकाथिए भने अध्यक्ष्ता कृष्ण लावतीले गरेकाथिए । 
 कार्यक्रमको उद्घाटन प्रमुख अतिथी नेपाली माहासङ्घका अध्यक्ष् प्रदीप थापा मगर , विशेष अतिथी आदिवासी जनजाति महासङ्घ हङ्कङ तथा मगर संघ हङ्कङको अध्यक्ष एम बी थापा दर्लामी मगर र कार्यक्रमकका सभापति कृष्ण लावतिले धान नाचको धुनमा ढोल बजाएर गरेकाथिए। कार्यक्रममा अन्य थुप्रै जातिय , छेत्रिये संघ सस्थाका अतिथिहरुको सह्भागी थियो ।   मन्तब्यको क्रममा प्रदिप थापा मगरले आफ्नो छोटो शुभकामना मन्तब्य दिएका थिए भने एम बी थापा दर्लामी मगरले आदिवासी जनजातीहरुको इतिहास्, धर्म, सँस्कार, सँस्कृति साथै हक अधिकारमा हिजो देखिनै सत्ताधारीहरुले गर्दे आएको दमन  र ति सबै प्राप्तीको नयाँ पुस्ताहरुले  आफ्नो इतिहासको गहिरो अध्ययन गर्नुपर्ने बताएकाथिए ।  अन्त्यमा कार्यक्रम समापन गर्दै सभापतिले सबै पाहुनालाई अर्को साल भेट्ने बाचा गर्दे नयाँ सालको शुभकामना दिएकाथिए । 
एम बी थापा दर्लामी मगर
