अन्मिनको म्याद थप्ने विषयमा विवाद

Read Time:1 Minute, 36 Second

    काठमाडौँ, ५ पुस
 नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरूको आज सम्पन्न बैठकमा नेपालस्थित राष्ट्रसङ्घीय राजनीतिक मिसन (अन्मिन)को समयावधि थप्ने विषयमा छलफल भए पनि सहमति हुन सकेन ।

    सिंहदरबारस्थित शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सम्पन्न सो बैठकमा एकीकृत नेकपा (माओवादी)ले शान्तिप्रक्रिया र संविधान लेखनको कामले पूर्णता नपाएसम्म अन्मिनको अवधि थपिनुपर्ने प्रस्ताव गरेको थियो ।

    नेपाली काँग्रेस र (नेकपा (एमाले)ले भने सो प्रस्ताव अस्वीकार गरेको बैठकमा सहभागी एमालेका महासचिव ईश्वर पोखरेलले पत्रकारलाई जानकारी दिए ।

    एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभाको अवधि (आगामी जेठ १४ गते)सम्म अन्मिनको अवधि थपिनुपर्ने आफ्नो पार्टीको अडान रहेको बताए । अन्मिनको म्याद यही पुसको अन्त्यमा समाप्त हुँदैछ ।

बैठकमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललगायत सहभागी थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %