काठमाडौं, पुस ५
माओवादीले संविधान नबनुन्जेल राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको म्याद थप्न प्रस्ताव गरेको छ । कांग्रेस र एमालेले भने माओवादी प्रस्ताव अस्वीकार गरेका छन् ।
शान्ति मन्त्रालयमा सोमबार बसेको तीन दलको बैठकमा माओवादीले विस्तृत शान्ति सम्झौतामा शान्ति प्रक्रिया नटुंगिएसम्म अनमिन रहने उल्लेख रहेकाले उसको म्याद थप्न प्रस्ताव गरेको हो । ुशान्ति प्रक्रिया नटुंगिएको र संविधान निर्माण नभएको अवस्थामा अनमिनलाई फिर्ता पठाउनुहुन्न भन्ने हाम्रो प्रस्ताव हो,बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ।
माओवादीसँगको सहमतिमै अनमिनको म्याद नथप्ने निर्णय भएकाले पुर्नविचार नहुने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए । ुपहिले नै माओवादीसहितको सहमतिमा म्याद नथप्ने निर्णय भएकाले अब फेरि पुनर्विचार हुन सक्दैन,उनले भने । अनमिनको म्याद जनवरी १५ मा सकिँदैछ ।
बैठकमा माओवादीले सोमबार बिहान भएको स्थायी समितिको बैठकका निर्णयबारे जानकारी दिएको थियो । तीन दलले मंगलबार र बुधबार पनि छलफललाई निरन्तरता दिने भएका छन् ।