काठमाडौँ, ४ पुस
काठमाडौँ, ४ पुुस । व्यवस्थापिका–संसद्को विशेष अधिवेशन आजदेखि सुरु भएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुख सुवास नेम्बाङले राष्ट्रपति डा रामवरण यादवले पठाउनुभएको विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।
त्यसपछि सभामुख नेम्वाङले एकीकृत नेकपा (माओवादी) लगायत ६ दलले पेस गरेको प्रस्तावमाथि छलफल गर्न यही पुस ८ र ९ गतेको दिन तोक्केकाछन्
साथै प्रस्तावमा संशोधन गर्न पुस ७ गतेको दिन तोकिएको छ ।
व्यवस्थापिका–संसद्को अर्काे बैठक यही पुस ८ गते दिउँसो १ बजे वस्नेछ ।
माओवादीलगायत नेपाः राष्ट्रिय पार्टी, जनता दल, जनमुक्ति पार्टी, नेकपा एकीकृत र नेपाल सद्भावना पार्टीका १८७ सभासद्ले गत मङ्सिर २७ गते विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष समावेदन गरेका थिए ।