भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमणमा

Read Time:1 Minute, 58 Second

काठमाडौँ, ४ पुस

प्रधानसेनापति महारथी छत्रमानसिंह गुरुङको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल विजयकुमार सिंहले यही पुस ५ देखि ८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्  ।  

    सिंहा भोलि काठमाडौँ आउनु हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    भोलि अपरान्ह उहाँले सैनिक मञ्चमा अवस्थित “वीर स्मारक” मा माल्र्यापण गर्नुहुने तथा उनको सम्मानमा सम्मान गारत प्रदान गर्ने कार्यक्रम रहेको निर्देशनालयले बताएको छ । तत् पश्चात्, उनले जङ्गी अड्डामा प्रधानसेनापति महारथी छत्रमानसिंह गुरुङसँग शिष्टाचार भेट गर्नेछन् ।  

    त्यस्तै ६ गते बिहान मुस्ताङको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गरी उनी पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालय जाने कार्यक्रम छ ।  ।

    पुस ७ गते बिहान काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गरि  उनले अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री र रक्षामन्त्रीसँग शिष्टाचार भेटघाट गर्र्नेछन्

    सोही दिन साँझ राष्ट्रपति भवनमा आयोजना गरिने एक विशेष समारोहमा राष्ट्रपतिबाट भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन्  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %