थारुहटको बन्दका कारण दाङको जनजीवन प्रभावित

Read Time:1 Minute, 30 Second

दाङ ४ पुस
 थरुहट स्वायत्त राज्य परिषद्ले गरेको बन्दका कारण आज दाङको जनजीवन प्रभावित भएको छ ।

    बन्दका कारण आज बिहानैदेखि दाङमा सवारीसाधन सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।

    बन्दका कारण जिल्लाका बजार पनि पूर्णरुपमा बन्द रहेका छन् ।

    त्यस्तै जिल्लाका शिक्षणसंस्था र कलकारखाना पनि खुलेका छैनन् ।

    विगतमा आफूहरुसँग गरिएका सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै थरुहट स्वायत्त राज्य परिषद्ले आज एक दिनका लागि थरुहट क्षेत्र बन्दको आह्वान गरेको थरुहट स्वायत्त राज्य परिषद्का युवा नेता राजेश चौधरीले बताए   ।

    अहिले परिषद्का कार्यकर्ताले तुलसीपुर र नारायणपुरमा जम्मा भई प्रदर्शन गरिरहेका छन् ।

    सरकारसँग २०६४ सालमा  भएको पाँच बुँदे सहमति र २०६५ साल चैत १ गते भएको ६ बुँदे सहमति बुँदागतरुपमा कार्यान्वयन गर्नुपर्ने आफूहरुको माग रहेको चौधरीले जनाकारी दिए ।

    बन्दको आह्वानका कारण आज बिहानैदेखि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %