वायुसेवाको बैना रकम छानविन गर्न लेखा समितिको निर्देशन

Read Time:1 Minute, 50 Second

    काठमाडौँ, २ पुस 

संसद्अन्तर्गतको सार्वजानिक लेखा समितिले नेपाल वायुसेवा निगमले विमान खरिदका लागि पठाएको बैना रकम र अनियमितताको विषयमा भइरहेको छानविनलाई छिटो निष्कर्षमा पु¥याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

    सिंहदरबारमा आज बसेको समितिको बैठकले छानविन प्रक्रिया लम्बिँदा खरिद प्रक्रियासमेत अन्योलमा परेको भन्दै छानविनलाई निष्कर्षमा पु¥याउन निर्देशन दिएको हो ।
    
    समितिले छानविन प्रक्रिया लम्बिँदा छानविनलाई प्रभावित पार्ने काम बढ्ने आशङ्कामा यस्तो निर्देशन दिएको हो ।
    
     यसअघि गएको मङ्सिर २८ गते समितिले छानविन कार्यमा प्रभावित पार्न खोजेको भन्दै प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि स्पष्टीकरण लिएको थियो ।     
    
    समितिको आजको बैठकमा छलफलका लागि उपस्थित अख्तियारका सचिव भगवतीकुमार काफ्लेले बैना रकम र छानविनका सम्बन्धमा अख्तियारले चाँडै नै छानविन प्रतिवेदन सार्वजनिक गर्ने बताए  ।

    निगमले युरोपेली कम्पनी एयरबससँग वाइडबडी विमान खरिदका लागि गतवर्ष नै रु पाँच करोड ७३ लाख बैना रकम पठाएको थियो ।
    
     खरिद प्रक्रिया अपारदर्शी भएको भन्दै गतवर्ष पुस १४ गते लेखा समितिले खरिद प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।
   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %