काठमाडौ, पुस १
सुजाता कोइरालाका छोरीज्वाइँ रुवेल चौधरीमाथि गोली हानेको आरोपमा पक्राउ परेका पूर्वयुवराज पारस शाह धरौटीमा रिहा भएका छन् ।
उनलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ । साथै उनलाई फागुन १९ गते उपस्थितिका लागि तारखे तोकिएको छ ।
२५ मङ्सिर राति १२ः२५ बजे चितवनको टाइगर टप्स होटलमा परराष्ट्र मन्त्री सुजाता कोइरालाका ज्वाईं रुबेल चौधरीमाथि गोली चलाएको आरोपमा पारस विरुद्ध सरकारले कानुनी कारबाही शुरु गरेको थियो ।
पारसलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय चितवनले २९ मङ्सिरमा अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेपछि उनी कम्तीमा चार दिन थुनामा राख्न प्रकृया अगाडि वढाएको थियो ।