१ मंसीर
रुपन्देहीको देवदह–६ हरियाली सामुदायिक वनमा आज रकेट लन्चर बम फेला पारेको छ । २ फिट भन्दा लामो रहेको उक्त बम स्थानीय हरियाली सामुदायिक वनका उपभोक्ताहरुले गाई वस्तु चराउन जादा फेला परेको हरियाली सामुदायिक वनका अध्यक्ष निल ध्वज मल्लले जानकारी दिए । गाई चराउन गएका स्थानीय महिलाहरुले देखे पछि सुरक्षा कर्मीलाई जानकारी गराईएको थियो । उक्त रकेट लन्चर बमलाई २२ नंम्वर वाहिनीका क्याप्टेन माधव घिमिरेको विष्फोटक पार्ने टोलीले बमलाई विष्फोटन गराएको थियो ।
उक्त बम २०६१ सालमा तत्तकालिन नेकपा माओवादी र नेपाली सेना वीच भएको भिडन्तमा प्रयोग गरिएको हुन सक्ने बताइएको छ । उक्त भिडन्त पछि ३ वर्ष अघि पनि सोही वनमा दाउरा खोज्न जाने क्रममा बम विष्फोट भई १ जनाको मृत्यु तथा १ जना गंम्भिर घाइते भएका थिए । हरियाली सामुदायिक वनमा भएको उक्त भिडन्तमा छोडिएको अरु बमहरु पनि हुन सक्ने आशंका र यसको खोजी हुनु पर्ने सामुदायिक वनका अध्यक्ष निलध्वज मल्लले बताए ।
यम राना देवदह