पारसलाई थप तीन दिन हिरासतमा राखिने

Read Time:1 Minute, 16 Second

चितवन, मङ्सिर २९ 

बङ्गलादेशी नागरिक रुबेल चौधरीमाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई जिल्ला प्रशासन कार्यालय चितवनले तीनदिन म्याद थप गरेको छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले हिजोदेखि लागु हुनेगरी तीनदिन म्याद थपिएको जानकारी दिए  ।

    प्रमुख जिल्ला अधिकारी गौतमले म्याद थपसम्बन्धी सुनाएको फैसलामा काठमाडौँ महाराजगन्ज निर्मल निवास निवासी वर्ष ३९ का पारस शाहलाई केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउनका लागि चारदिनको म्याद थप गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय चितवनको निवेदन आए पनि मङ्सिर २८ गतेदेखि लागु हुनेगरी तीनदिन म्याद थप गरिएको भन्ने व्यहोरा उल्लेख छ ।

गौतमका अनुसार सो समयभित्र प्रहरीले प्रशासनसमक्ष मुद्दा पेस गर्नुपर्ने हुन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %