४ करोड रुपैयाँ हिनामिना गरेका आरोपमा स्वर्गद्धारी आश्रमका एक अधिकृत निलम्वित

Read Time:1 Minute, 40 Second

दाङ २८ मंसिर 

पवित्र धार्मिकस्थल स्वर्गद्वारी आश्रम प्यूठानका सम्पर्क अधिकृत लोकराज कश्यपलाई मन्दिर व्यवस्थापन समितिले निलम्वन गरेको छ । दुईवर्षसम्म स्वर्गद्वारी मन्दिर व्यवस्थापन समितिको नियमित बैठक नै नबसाली करिव ४ करोड रुपैयाँ बराबर खर्च गरेको अभियोगमा स्वर्गद्वारी मन्दिर व्यवस्थापन समितिले कश्यपलाई जिम्वेवारीबाट निलम्वन गरेको हो । स्वर्गद्वारी आश्रमको यर्थात आयव्यय विवरण बारे अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्नका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानका प्रमख शिवप्रसाद ढकालको संयोजकत्पमा एक समिति समेत गठन गरिएको छ ।
    जनसम्पर्क अधिकृत कश्यपले मन्दिरको विकासको साटो मन्दिरका जोगीहरु बीच नै विवाद ल्याउने काम गरेको आरोप लगाइएको छ । यसैबीच स्वर्गद्वारी मन्दिर व्यवस्थापन समितिको समितिका प्रवक्ता केवि मसालले मन्दिरमा आन्तरिक विवाद नभएको दावी गर्दै मन्दिरको करिव पौने ६ सय बिगाह जमीनको आयस्था प्राप्त नहुँदा मन्दिर चलाउने अप्ठ्यारो भएको भन्दै सहयोगका लागि सोमबार बिज्ञप्ति निकालेर आग्रह गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %