दैलेख, २८ मङ्सिर
राजनीतिक दलहरुले आ–आफ्ना दलगत स्वार्थमा अल्झिएर संविधान निर्माण कार्यलाई थाति राखेको भन्दै दबाब दिने उद्देश्यले सदरमुकाममा आज रुवाबासी प्रतियोगिता भएको छ ।
प्याक्डोन नेपालको आयोजनामा संविधान निर्माणका लागि दबाब दिने भनिएको यो कार्यक्रममा छिमेकी जिल्ला सुर्खेत, अछाम र कालिकोटबाट समेत सहभागी र दर्शकहरु आएका छन् ।
जिल्लाका सभासद् र राजनीतिक दलहरुलाई निम्ता गरिएको भए पनि सभासद्हरुले भने कार्यक्रमप्रति चासो नदेखाएको आयोजकले बताएका छन् ।
सभासद् भरतकुमारी रेग्मीले भन्नुभयो– चौरमा रोएर संविधान बन्ने होइन, संविधान नबन्नुका खास कारण पत्ता लगाई अर्थपूर्ण जनदबाब दिनु जरुरी भएको टिप्पणी गरिन ।
निर्धारित समयमा संविधान नबनाएको र थपिएको एक वर्ष म्यादको ६ महिना बितिसक्दा पनि संविधान लेखनको काममा आशातित प्रगति नभएकाले दबाब दिन रुवाबासी कार्यक्रम गर्न लागिएको प्याक्डोन नेपालका महासचिव शक्तिबहादुर बुढाले बताए ।