पोखरा, २८ मङ्सिर
पूर्व युवराज पारस शाहले परराष्ट्र मन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीलाई धम्क्याउंदै चितवनको एक होटलमा हवाई फायर गरेको अभियोगमा उनलाई आज प्रहरीले पूmलवारी होटलबाट नियन्त्रणमा लिएको छ ।
गण्डकी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत केशव अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पुष्कर कार्कीले होटलमै उनीसंँग वयान लिइरहेका छन् ।
अहिले होटल वरिपरि कडा सुरक्षाको व्यवस्था गरिएको छ ।