काठमाडौँ, २८ मङ्सिर
प्रधानमन्त्री माधवकुमार नेपालले चितवन घटनाका विषयलाई लिएर पारस शाहलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताएका छन ।
पूर्वयुवराज पारस शाहसँग जोडिएर आएको चितवन घटनाका सम्बन्धमा प्रधानमन्त्री नेपालले भने ‘कानुन मिच्ने र जथाभावी गर्ने जो कसैलाई कानुन बमोजिम कारबाही हुन्छ ।’
व्यवस्थापिका संसद्, सार्वजनिक लेखा समितिको बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले पारस शाहको चितवन घटनाको प्रतिवेदन सरकारलाई प्राप्त भइसकेको जानकारी दिए ।