काठमाडौँ, २८ मङ्सिर
सभामुख सुवास नेम्वाङले आपसी अविश्वास र राजनीतिक गतिरोध अन्त्य गरी संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन ) फर्कनुअघि नै शान्तिप्रक्रिया टुङ्ग्याउन राजनीतिक दलहरूसँग आग्रह गरेका छन् ।
संविधानलेखन कार्यलाई तीव्रता दिन रिपोर्टर्स क्लव नेपालद्वारा प्रस्तुत गरिएको ज्ञापनपत्र ग्रहण गर्दै उनले शान्तिप्रक्रिया र संविधानलेखन अभिन्न अङ्ग भएकाले शान्तिप्रक्रियालाई कुनै हालतमा पनि निष्कर्षमा पु¥याउनुपर्छ भने ।
विसं ०६२÷६३ को जनआन्दोलनलगायतका उपलब्धीलाई नयाँ संविधान जारी भएपछि निर्वाचित सरकारले मात्र संस्थागत गर्न सक्छ भन्दै सभामुख नेम्वाङले भन्नुभयो–‘राजनीति दलको प्रतिवद्धता र संविधानलेखनको सिलसिलामा गठन भएको कार्यदलको प्रगतिलाई विश्लेषण गर्दा बाँकी समयमा सविधानलेखनलाई पूरा गर्न सकिन्छ ।’
सरकार गठनका लागि दलहरूबीच सहमति नै महत्वपूर्ण पक्ष भएकाले छिटो सहमति कायम गर्न सुझाव दिँदै उनले दलहरुबीचको सहमति कम्तिमा संविधान जारीपछि हुने निर्वाचनसम्म कायम रहनुपर्छ भन्ने आफ्नो दृढ मान्यता रहेको बताए ।
सभामुख नेम्वाङले प्रधानमन्त्रीको निर्वाचनको प्रक्रियाका सिलसिलामा दलहरूले आपसमा सहमति कायम गर्न नसक्ने हो भने ‘तपार्इँले गरेको निर्णय हामीलाई मन्जुर छ’ भनी त्यो अधिकार आफूलाई दिए समस्या सुल्झाउन आपूm तयार रहेको बताए ।