शान्ति र संविधानको काम समयभित्रै हुनुपर्छ : राष्ट्रपति डा यादव

Read Time:2 Minute, 48 Second

ठमाडौँ, २७ मङ्सिर 

राष्ट्रपति डा रामवरण यादवले  शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याएर मुलुकमा दिगो शान्ति बहाली गर्ने र समयसीमाभित्रै संविधान निर्माण गर्ने काममा सम्पूर्ण देशवासीका साथसाथै मुख्य राजनीतिक दलहरुको बढी जिम्मेवारी रहेको बताएका
छन ।

    पूर्व साँसद मञ्च नेपालको प्रथम राष्ट्रिय भेलाको आज राजधानीमा उद्घाटन गर्दै राष्ट्रपति डा यादवले शान्ति र संविधानका लागि दलीय स्वार्थ, प्रतिस्पर्धा र विवाद छोडेर मुख्य राजनीतिक दलहरु मिल्र्नैपर्ने बताए ।

    “यो सारा देश र देशवासीको चाहना हो, धेरै ठूलो ऐतिहासिक भूमिका यो छ कि मुख्य दलहरु मिलेर शान्ति बहाली र संविधान निर्माणको चाहनालाई समयमै पूरा गरी दिनुपर्छ”— उनले भने  ।

    नेपाली जनताले ऐतिहासिक जनआन्दोलनमार्फत प्राप्त उपलब्धिलाई संस्थागत गर्न समावेशी भावना अनुरुप चुनावबाट राजनीतिक दलहरुलाई संविधान सभामा पठाएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति डा यादवले युद्ध र हिंसाका घाउहरु पुरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सम्पूर्ण नेपालीको साझा स्वार्थका रुपमा अहिले थाँती रहेको शान्तिप्रक्रियालाई तीब्रता दिएर संविधान लेखन पूरा गर्नुपर्ने आवश्यकता औल्याए ।

    दलगत विवादमा नअल्झिई आर्थिक समृद्धि र समुन्नतिको बाटोमा मुलुकलाई अग्रसर गराउनु अहिलेको मुख्य चुनौती हो भन्दै उनले हिमाल, पहाड, तराई, मधेसको विविधतायुक्त जीवनशैली, जलवायु, जाति, भाषा र संस्कृतिलाई जगेर्ना गर्ने दायित्वलाई कसैले पनि बिर्सन हँुदैन भने ।

    शान्ति र संविधान बेलैमा पाउने उत्कट आशामा नेपाली जनता रहेको र त्यसका लागि उपलब्ध सबै उच्चतम अवसरहरुको उपयोग गरिनुपर्ने आवश्यकता पनि उनले औँल्याए  ।

कारबाही गर्न र यस प्रकारको घटना पुनः दोहोरिन नदिन सरकारसँग माग गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %