धरान, २७ मङ्सिर
शान्तिमन्त्री रकम चेम्जोङले अहिलेकै अवस्थामा संसद्को विशेष अधिवेशन बोलाए समस्याको समाधान नभई त्यसले द्वन्द्व चर्काउने दाबी गरेकाछन् ।
प्रेस चौतारी सुनसरीले आज धरानमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री चेम्जोङले अहिलेको समस्याको जड एनेमाओवादी नै भएको आरोप लगाउँदै उनीहरू इमान्दार नभएसम्म केही गरे पनि समस्याको समाधान नहुने ठोकुवा गरे ।
सहमतिबिना शान्ति र संविधान सम्भव नरहेको बताउँदै उहाँले सहमतिका लागि एमाओवादीलाई इमान्दार हुन आग्रह गरे ।
पत्रकारले सोधेका एक प्रश्नको जवाफमा मन्त्री चेम्जोङले अनिमिन फर्कनुअगावै माओवादी सेना समायोजन र पुनःस्थापना गरिसक्नु पर्ने तथा त्यो सम्भव नभए विशेष समितिको मातहतमा ल्याउनुपर्ने बताए ।
क्यान्टोनमेन्ट खाली नभएसम्म सहमति हुन नसक्नेसमेत उनको भनाइ थियो ।