भिसी गुरुङ चीरनिद्रामा

लन्डन
भिक्टोरिया क्रस विजेता पूर्व सैनिक लछिमान  गुरुङको  आइतवार १२ः४० मा लन्डन हयामरस्थित चेरिङ क्रस अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । ९५ वर्षिय गुरुङ निमोनियावाट थलिएपछि गत १९ नोभेम्वरमा अस्पताल भर्ना गरिएको थियो ।  
दोस्रो विश्वयुद्धमा वर्माको लडाइँमा वहादुरी देखाएकावापत भिक्टोरिया क्रस पाएका उनको एक हात भने युद्धमै गुमेको थियो ।  सन् २००८ देखि वेलायत वस्दै आएका उनका तीन छोरा , एक छोरी र श्रीमति छन् । स्वर्गिय गुरुङको दाहसंस्कार नेपालमा वा युकेमा गर्ने भन्ने निर्णय नभएको पारिवारिक स्रोतले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %