प्रधानमन्त्री राष्ट्रपतिसँग परामर्शमा

Read Time:1 Minute, 19 Second

काठमाडौँ, २७ मङ्सिर 

राष्ट्रपति डा रामवरण यादवसँग प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति भवन शीत्तल निवासमा आज बिहान परामर्श गरेका छन ।

    उनीहरुबीच संविधानलेखन, शान्तिप्रक्रिया, सरकार गठन र व्यवस्थापिका–संसद्को बैठक बोलाउनेलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले जानकारी दिए ।
     
    भेटपछि सञ्चारकर्मीको जिज्ञासामा सल्लाहकार पन्तले सरकार र सहयोगी दलहरुसँग परामर्श नै नगरी एकीकृत नेकपा (माओवादी)लगायतका केही दलले संसद्को अधिवेशनका लागि राष्ट्रपतिसमक्ष गरेको समावेदनप्रति प्रधानमन्त्रीको असहमति र त्यसले संसद्मा देखिएको विवादको समाधान गर्न नसक्ने बताए  ।
   
    प्रधानमन्त्री स्वयम् व्यवस्थापिका–संसद्को बैठक छिटोभन्दा छिटो बोलाउन परामर्श गरिरहनुभएको जानकारी दिँदै उहाँले सरकार संसद्को सामना गर्न तयार रहेको उल्लेख  गरे  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %