काठमाडौँ, २७ मङ्सिर
नेपाली काँग्रेसले आज एक प्रेस विज्ञप्ति जारी गरी चितवन राष्ट्रिय निकुञ्जस्थित टाइगर टप्स होटलमा यही मङ्सिर २५ गते राति नेका केन्द्रीय कार्यसमिति सदस्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाको छोरी ज्वाइँ रुवेल चौधरीमाथि पूर्व युवराज पारस शाहले गोली चलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आफूले गोली चलाई आक्रमण गरेको घटना स्वीकार गरिसकेका दोषी पारसमाथि अहिलेसम्म कारबाही नगरिएकोमा आश्चर्य प्रकट गर्दै नेपाली काँग्रेसले तत्काल गिरफ्तार गरी कारबाही गर्न र यस प्रकारको घटना पुनः दोहोरिन नदिन सरकारसँग माग गरेको छ ।