दुर्घटनामा दुई जना ठहरै

Read Time:1 Minute, 8 Second

पाल्पा २५ मंसिर
सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पाको दोभान गाविस झुम्सामा ट्रकले मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थमै ज्यान गएको छ भने एक जना घाइते भएका छन् । लु ६ प ५९७५ नम्बरको मोटरसाइकललाई ना २ ख ८३२८ नम्बरको ट्रकले ठक्कर दिर्दा पाल्पा बन्दीपोखरा गाविस ३ का २३ बार्षिय कुल बहादुर कार्की र बसन्त कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।
 मोटरसाइकलमा ३ जना सवार रहेको र पाल्पा बन्दीपोखरा गाविस ३ का ३० बर्षिय पूर्ण बहादुर कार्की घाइते भएको प्रहरीले बताएको छ । उनको लुम्बिनी अञ्चल अस्पताल वुटवलमा उपचार भइरहेको छ । चालक प्रहरी नियन्त्रणमा छन् । मोटरसाइकल र ट्रक दुवै वुटवलबाट तानसेन तर्फ आउदै गरेका थिए ।

देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %