मगरात घोषणाको तयारी सकियो । ६६ जिल्लाका मगरहरुको महाकुम्भ हुने

Read Time:5 Minute, 9 Second

प्रस्तावित मगरात क्षेत्र

पाल्पा २३ मंसिर
पाल्पाको सदरमुकाम तानसेन पाल्पामा मंसिर २५ गते हुने मगरात स्वायत्त प्रदेश घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘इतिहास, भाषा, संस्कृति, संरक्षण सम्वर्४न मगरहरुको मुल मन्त्र- आत्मनिर्णय र मगराँत स्वायत्त प्रदेश सहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने मुल नाराका साथ प्रदेश घोषणा गर्न लागिएको हो ।यतिखेर संघका केन्द्रिय समिति, जिल्ला समिति र आम मगरहरु यो घोषणा सभालाई सपन्न गर्न व्यापक प्रचार प्रसार अभियानमा जुटेका र विभिन्न उपसमितिहरु समेत निर्माण गरेको संघका जिल्ला अध्यक्ष बल बहादुर गाहामगरले बताए ।
यसैवीच आदिवासी जनजाति पत्रकार संघ पाल्पाले मगराँत स्वायत्त प्रदेश घोषणा सभा कार्यक्रमको सम्बन्धमा पत्रकार सम्मेलन गरेको छ ।तानसेनमा  गरेको पत्रकार सम्मेलमा बोल्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष झक बहादुर थापाले संबिधानसभा राज्य पुनर संचना समितिले गरेको प्रस्तावित मगरात प्रदेशको भौगोलिक अबस्था अपुरो भएकोले थप अनुसन्धान गरी नेपालका १८ वटा जिल्लाको बिभिन्न गाविसहरुलाई  समेटेर मगरात स्वायत्त प्रदेशको निर्माण गरिनु पर्छ भन्ने बिषयमा  सबै पक्षलाई जनचेतना जगाउदै राज्यलाई दवाब दिनु मगरात स्वायत्त प्रदेश घोषण कार्यक्रम भएको बताए ।

सबिधानसभा बिषयगत समितिले पाल्पा, गुल्मी, अर्घाखाची, बाग्लुङ्ग, म्याग्दी, प्युठान, रोल्पाको पुरै भूभाग सहित रुकुमका ११ गाविस, सल्यानका २ गाविस, नवलपरासीका २२ गाविस, तनहुका १२ गाविस, स्याङ्जाका २९ गाविस, पर्वतका १८ गाविस र कास्कीको १ गाविस  समेटेर मगरात प्रदेशको बनावट प्रस्तुत गरेपनि नेपाल मगर संघले भने नया केही जिल्ला थप गरी नया भौगोलिक बनावट सहित मगरात स्वायत्त प्रदेश घोषणा गर्ने तयारी गरेको हो । संघले प्रस्तावित गरेको मगरात स्वायत्त प्रदेशभित्र पाल्पा, गुल्मी, अर्घाखाची, बाग्लुङ्ग, म्याग्दी, प्युठान, रोल्पाको पुरै भुभाग सहित रुकुमको ३२ गाविस सल्यानको ४८ गाविस नवलपरासीको ३७ गाविस तनहुको १९ गाविस स्याङ्गजाको ४५ गाविस पर्वतको ३१ गाविस दाङको ५ गाविस कास्कीको १ गाविस रोल्पाको ७ गाविस गोरखाको १२ गाविस र मुस्ताङ्गको ३ गाविस सहित हालको १८ जिल्ला समेटिएको संघले पत्रकार सम्मेलनममा जानकारी दियो ।
संघले सबै राजनैतिक दलका मगर भातृसंगठहरुसंग लामो छलफल तथा अन्तरकृया गरेर सबै पक्षको भावना र बिचार समेटेर मगरात स्वायत्त प्रदेश घोषणा गर्न लागेको अध्यक्ष थापाले बताए । प्रस्तावित मगरात स्वायत्त प्रदेशको उत्तरमा चीन र दक्षिणमा भारत सम्म सिमाना फैलिने अध्यक्ष थापाले बताए । घोषणासभामा हजारौ जनता तानसेनमा उतार्ने  तयारी भएको जनाउदै
सभालाई एकिकृत नेकपा माओवादीका महासचिब राम बहादुर थापामगर बादल, राष्टिय जनमुक्ति पार्टीका गोरे बहादुर खपागीं,नेपाली काग्रेंसका भिम कुमारी  बुढा मगर, एमालेका थम माया थापा मगर, नेकपा एकिकृतका चिरन पुन मगर र आदिवासी जनजाति महासघका अध्यक्ष राजकुमार लेखी लगायतका बक्ताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको संघका उपाध्यक्ष महेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार, कार्यक्रममा नेपालका ६६ जिल्लाका मगरहरु सहभागी हुने छन् । अनिजका अध्यक्ष देब पचभैया मगरको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिब हरि बहादुर सारुले गरेकाथिए ।


देव पचभैया र  हरि बहादुर सारु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %