जलेश्वर,१८ मंसिर
प्रधानाध्यापक रमेश ठाकुरलाई दुव्र्यवहार गरिएको बिरोधमा महोत्तरीको कोल्हुवा वगेया जनता उच्च माध्यमिक विद्यालयमा एक हप्तादेखि पठनपाठन ठप्प छ ।
दोषीलाई कारवाही नगरिएसम्मका लागि विद्यालयका शिक्षकहरले पठन पाठन ठप्प पारेका हुन् । विद्यालय व्यवस्थापन समिति गठनको क्रममा अध्यक्षका उम्मेदवार रामछविला साह पक्षधरका व्यक्तिहरुले प्रअ ठाकुरलाई कोठामा थुनेका थिए ।
यसैबीच आसमान नेपालले जलेश्वरमा आयोजना गरेको एक कार्यक्रममा १९२ दिनमध्ये १८० दिनसम्म जिल्लाको विभिन्न विद्यालयमा कक्षा संचालन हुन थालेको जनाएको छ । यसअघि बढीमा १३० दिनसम्म मात्र विद्यालयमा कक्षा संचालन हुने गरेका थिए ।