धनकुटा, १७ मङ्सिर
पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले प्रमुख दलहरुबीच तत्काल सहमति भई सहकार्य भएमात्र थप गरिएको समयमा संविधान निर्माण हुने बताएका छन ।
आज धनकुटामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री थापाले दलहरुबीच सहमति नभए संविधान निर्माण कार्य असम्भव भएको बताए ।
उहाँले संविधान निर्माण गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन तत्काल प्रमुख दलहरुबीच सहमतिको आवश्यकतामा जोड दिए ।
समयले कसैलाई पनि नपर्खने भएकाले दलहरु समयअनुरुप आफूलाई अगाडि बढाउनु पर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री थापाले भने–“दलहरुले अब पनि सहमति गरेनन् भने मुलुकमा ठूलो दुर्घटना हुनेछ ।” रासस