हतियारसहित तीन जना पक्राउ

Read Time:1 Minute, 17 Second

काठमाडौँ, १६ मङ्सिर 

मकवानपुरको धियाल गाउँ विकास समिति–४ टकटकका सानोकान्छा भोलनको घरमा लुटपाट गरेको अभियोगमा हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।

    गएराति उनीहरू भोलनको घरबाट ३० हजार रुपैयाँबराबरका धनमाल लुटेर भागिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले छतिवनबजारमा पक्राउ गरेको हो ।

    अभियुक्तहरूबाट नलकटुवा पेस्तोल, थ्री नट थ्री राइफलको गोली र चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ ।

    यसैबीच, काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूबाट चितवनकी राधिका खड्कालाई लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाईको प्रहरी टोलीले ९८ ग्राम सेतो हेरोइनसहित पक्राउ गरेको छ ।

    त्यस्तै, पर्सा प्रहरीले जिल्लाको बागेश्वरी तित्रौन गाउँ विकास समिति–२ को पाँच कट्ठा जग्गामा लगाइएको अफिमको बीउ नष्ट गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । रासस
–––––   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %