लेनग्रेनद्धारा– शर्मालाई स्वागत

Read Time:1 Minute, 31 Second

काठमाडौँ, १६ मङ्सिर 

एकीकृत नेकपा (माओवादी) सम्बद्ध लडाकुको सुपरीवेक्षण समायोजन तथा पुनःस्थापना गर्न गठित विशेष समितिअन्तर्गतको सचिवालय संयोजकमा अवकाश प्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरिएकामा संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनका यहाँस्थित प्रतिनिधि करिन लनग्रेनले स्वागत गरेकीछन्  ।

    यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन) ले हिजो अपराह्न जारी गरेको वक्तव्यमा महासचिवका प्रतिनिधि लनग्रेनले– ‘सचिवालयको संयोजकको नियुक्ति सम्बन्धमा भएको सहमति स्वागतयोग्य कदम हो र यसले चारबुँदे सहमतिको कार्यान्वयनमा नयाँ गति प्रदान गर्नेछ भन्ने मलाई आशा लागेको छ । म विशेषगरी विशेष समितिको मुख्य लक्ष्यको रूपमा रहेको माओवादी सेनाको समायोजन र पुनःस्थापना कार्यप्रति ध्यानकेन्द्रित गर्न आग्रह गर्छु’ भनेकी छन् ।

    महासचिवको प्रतिनिधिले अनमिनको व्यवस्थित बहिर्गमनलाई सहज बनाउन सहयोग पु¥याउन आवश्यक सबै निर्णयमा चाँडो सहमति जुटाउन आह्वान गरेकी छन ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %