‘मलाई जुन देशले पनि जेल हाल्न वा मार्न सक्छ ‘- पदम गुरुगं

Read Time:2 Minute, 45 Second

२८ नोभेम्बर
ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संंघ (गेसो) हगंकगंको १६ औं बाािर्षकउत्सव मकींहिलमा भब्यताका साथ मनाइयो । हिजोंको समिक्षा , बर्तमानको जानकारी र भबिष्यको कार्ययोजना बारे कार्यक्रममा बाचन गरेर सुनाइएकोथियो ।

प्रमुख अतिथि गेसोका अध्यक्ष पदम बहादुर गुरुगंले गोर्खा भूपूको न्यायिक लडाइमा लाग्दा आफुलाई शेर बहादुर देउवाको सरकारले बेलायत सरकारसंग मिलेर आतंकवादी घोषणा गरेको आरोप लगाए । उनको भनाईमा  त्यतिबेला उनीमाथि लगाइएको आतंककारीको बिल्ला अझै हटाइएको छैन ।

उनले भने, ‘यदि विश्वका कुनै पनि देशले चाहेको खण्डमा त्यहि बिल्लाको भरमा मलाई सुटआउट गर्न सक्छन् । जेलमा हाल्न सक्छन् ।’ उनले अगाडि थपे, ‘मलाई आर्थिक भ्रस्टाचारको आरोप समेत लगाइयो । यो सबै षड्यन्त्र अन्र्तगत भएकोछ ।’

यसका वावजुद आफु ज्यान जोखिममा हालेर भूपूहरुको हक अधिकार स्थापित गराएरै छाड्ने उनको भनाई थियो । उनले नेपाल सरकारले भूपूका सन्तानाई अनेकन प्रलोभन दिएर बिदेश धपाउने र हाम्रो अधिकारबाट बन्चित गराउने षड्यन्त्र गरिरहेको र त्यसको हिसाबकिताब मागिने पनि कार्यक्रममा बताए ।

गेसो हगंकगंका सचिव नरहागं राइको संचालन र अध्यक्ष हेम बहादुर तामागंको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । बिशेष अतिथिमा मूल्यांकन मासिकका   सहसम्पादक झलक सुवेदी थिए । अर्का दोश्रो बिश्वयुद्धका  पूर्व गोर्खा लडाकु दल बहादुर राई थिए । गेसो हगंकगंका सल्लाहकार भक्त बहादुर दुरा र मनिकुमार वान्तवाको  पनि बिशेष उपस्थििति थियो ।

यसअघि गुरुगंको सम्मानमा  नमो बुद्ध आमा समूह, तमु ट्होल, पर्वत भुका ताग्लें, फेदीखोला सेरोफेरो, आदिवासी जनजाति महासंघ र मगरसंघ हगंकगंले संयुक्त रुपमा एक कार्यक्रम आयोजना गरेकोथियो  ।

कार्यक्रम सकिएपछि ३० नोभेम्बर गुरुगं बेलायत उड्दैछन् ।

एमबी थापा दर्लामी मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %