छुट्टाछुट्टै घटनामा दुईजनाको ज्यान गयो

Read Time:1 Minute, 38 Second

दोलखा, १५ मङ्सिर 

छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत काभ्रे गाविस–५ स्थित सडकमा एकजना मृत अवस्थामा भेटिएका छन् ।

    दोलखाको काभ्रे गाविस–४ सिमचौरका अन्दाजी ४५ वर्षका पदमबहादुर कार्की आज बिहान १०ः१५ बजेतिर सडकमा मृत अवस्थामा भेटिएका हुन् ।

    निधार र घुँडामा चोट लागेका उनको बसबाट खसेर मृत्यु भएको हुन सक्ने आशङ्का गरिए पनि कुन बसबाट खसेको हो भन्ने खुल्न नसकेको काभ्रे गाविसका सचिव नारायणप्रसाद दाहालले बताए ।

    अहिले इलाका प्रहरी कार्यालय मैनापोखरीबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

    उता, दोलखाको उत्तरी गौरीशङ्कर गाविसमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशङ्कर गाविस–९ का ३१ वर्षका जितपुर तामाङ रहेका छन् ।

    गौरीशङ्कर गाविस–८ पयुँडाँडास्थित आफन्तको घरमा जान भनी हिजो दिउँसो घरबाट निस्किएका तामाङ राति अबेरसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्दै जाने क्रममा आज बिहान शव फेला परेको स्थानीय यमकुमार श्रेष्ठले जानकारी दिए  । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %